FAQs Complain Problems

कन्चन गाउँपालिकाको परिचय

साविक गजेडि र रुद्रपुर गाविसलाई गाँभेर बनेको कञ्चन गाउँपालिका लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देही जिल्लाका १० गाउँपालिका मध्ये एक हो । पूर्व पश्चिम लोकमार्ग अन्तर्गत बाँसगढीबाट करीब १ किलोमिटर दक्षिण २७.५४८८०१ पूर्वी देशान्तर र ८३.३१६८३३ उत्तर अक्षांशसम्म अवस्थित यो गाउँपालिका समुन्द्र सतहदेखि करीब ९२.१ मिटर को उचाइमा छ । ५८.५१ बर्ग किलोमिटर क्षेत्रफल भएको यो गाउँपालिका रुपन्देही जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र ५ अन्तर्गत पर्दछ । पूर्वमा सैनामैना नगरपालिका र गैडहवा गाउँपालिका, पश्चिममा कपिलबस्तुको सिमाना, उत्तरमा सैनामैना नगरपालिका र दक्षिणमा गैडहवा गाउँपालिका सिमाना भित्र करिब विच भाग हुँदै उत्तरबाट दक्षिणमा बग्ने कञ्चन नदिसंगै प्राकृतिक, भौगोलिक, साँस्कृतिक, मनोरमताले यो गाउँपालिका सिंगारिएको छ । खुल्ला दिशा मुक्त, पूर्ण खोपयूक्त र पूर्ण साक्षर यस गाउँपालिकाको उत्तरपश्चिम क्षेत्रमा बाक्लो जंगल र केही भागमा बुट्यान बाहेक अन्य क्षेत्रमा खेतीयोग्य जमीन रहेको छ । राष्ट्रिय जनगणना २०६८ का अनुसार यस गाउँपालिकामा ब्राह्मण, क्षेत्री, मगर, गुरुङ, नेवार,कार्मी, सार्की, दमाइ लगाएत पहाडी मूलका विभिन्न जातजाति र रैथाने थारु, यादव, लोध, कुर्मी, हरिजन, मुसलमान आदि लगाएत जातजातिका साथसाथै विभिन्न धर्म र संस्कृतिका ७,०८४ घर छन् जसमा महिला १८,२०७ र पुरुष १४,८६५ गरि जम्मा ३३,०७२ जनसंख्या रहेकोछ यस्तै यहाँको लिंगको अनुपात ९७.२ र गरिवी १९.२६ रहेको छ ।

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

वडा अध्यक्ष र सचिवहरु

वडा अध्यक्षहरुको बिवरण

वडा नाम फोन नम्बर
हरि नारायण चौधरी ९८५७०३७१२१
टेक बहादुर गुरुङ्ग ९८५७०३९९१८
टिका राम सापकोटा ९८४७२४६२९६
केशर बहादुर खत्री ९८६७३३४७७७
कुल प्रसाद पौडेल ९८५७०३४०३२

वडा सचिवहरुको बिवरण

वडा नाम फोन नम्बर
गंगा घिमिरे ९८४७५२३१८३
लक्ष्मी शर्मा ९८४७००८१०८
चोलाकान्त पाण्डेय ९८४९५१७२६३
चक्रपाणी पौडेल ९८४७२५५२७९
वृष बहादुर पुलामी ९८५७०३७३००

हाम्रो कार्यालय रहेको स्थान

मन्त्रालयहरुका Website

महत्वपुर्ण WEBSITES हरु